माधव नेपाल वाम गठबन्धनको पक्षमा, ओली वेवास्ता गर्दै जसपासँग सहकार्य गर्ने मोडमा !

माधव नेपाल वाम गठबन्धनको पक्षमा, ओली वेवास्ता गर्दै जसपासँग सहकार्य गर्ने मोडमा !

  • शुक्रबार, फाल्गुन २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

फागुण २८ काठमाण्डौं । सर्वोच्च अदालतले नेकपा नै खारेज गरेर साविक एमाले र माओवादी केन्द्र ब्युताएपछि एमालेमा फर्किएका माधव कुमार नेपाल र झलनाथ खनाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउन जसपासँग गरीरहेको वार्ताप्रति असन्तुष्टी जनाएका छन ।
हिजो साँझ मात्रै प्रधानमन्त्री ओलीले जसपाका नेताहरुसगँको वार्तामा उनीहरुको माग पूरा गर्ने आस्वासन दिएका थिए । त्यसका लागि कार्यदल स्तरमा थप छलफल गर्ने सहमति समेत भएको छ । जसपाले टिकापुर घटनामा जेल सजाय भोगीरहेका रेशम चौधरीलाई रिहा गर्नु पर्ने लगायतका माग राखेका छन् ।
जसमाको माग संवोधन गर्ने आस्वासन दिएका ओलीले जसपाले सरकारका लागि समर्थन दिए उक्त माग पूरा गर्ने संभावना रहेको स्रोतले जनाएको छ ।
जसपा भित्रै पनि बाबुराम भट्टराई त्यो छलफलमा सहभागी थिएनन् भने उनले गएराति ट्वीट गर्दै जसपा मुसादौडमा नभएको प्रीतकृया सार्वजनिक गरेका छन् ।
यता नेपाल खनाल समुह वामपन्थी गठबन्धनको पक्षमै रहेर पचण्डसँगै सहकार्य गर्नु पर्ने अडानमा रहेपनि प्रधानमन्त्री ओलीले नेपाल खनालसँग कुनै सल्लाह नगरेको सो समुहका नेताहरुले जनाएका छन ।
माधव नेपाल झलनाथ खनाललाई सहकार्य गर्नुको साटो बरु माओवादी केन्द्रबाट एमालेमै रहने तयारी गरेका राम बहादुर थापालाई उपाध्यक्ष बनाउने तयारी गरेको थाहा पाए पछि नेपाल खनाल समुह ओलीसँग कुनै सल्लाह नलिएको भन्दै चिढिएका छन् ।
ओलीलाई सत्तामा टिकिरहन कम्तीमा १८ सिटको आवस्यकता छ । यसमा जसपा सामेल भए ३४ सिट रहेको छ । यो स्थितिमा जसपाको समर्थन प्राप्त भए ओली सरकार पूरा कार्यकाल टिक्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ