महिला सैनीकमाथि यौन दुर्व्यवहार गर्ने जर्नेल कार्की बर्खास्त

महिला सैनीकमाथि यौन दुर्व्यवहार गर्ने जर्नेल कार्की बर्खास्त

  • बिहिबार, फाल्गुन २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 18K
    SHARES

फाल्गुन २७, काठमाडौँ । यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि पहिलो पटक उच्च सैनीक अधिकृत बर्खास्तीमा परेका छन् । नेपाली सेनाका एक जना सहायक रथी संगठनभित्रकै महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेपछि बर्खास्तीमा परेका हुन् ।कार्कीलाई पनि सैनिक ऐन, अनुशासन र आचारसंहितालाई टेकेर कारबाही गरिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

प्रवक्ता पौडेलका अनुसार संगठनभित्रकै महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति पंकज कार्कीलाई नेपाली सेनाले एक साताअघि बर्खास्त गरेको हो ।

सैनिक स्रोतका अनुसार कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले एक उच्च अधिकृतको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो । उक्त कोर्ट अफ इन्क्वायरीले कार्कीले महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेको पुष्टि गरेपछि सेनाले उनलाई सेवाबाट बर्खास्त गरेको हो ।

कार्कीसँग उक्त घटनामा मुछिएका दुई महिला सैनिक पनि बर्खास्तीमा परेका छन् । कोर्ट अफ इन्क्वायरीले अनुसन्धानका क्रममा कार्कीसँगै ती महिला सैनिकहरूको पनि आचरणमा गलत मनशाय देखिएको स्रोत बताउछ ।

जर्नेल कार्कीमाथि गत वर्ष संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिँदा एक जना महिला सैनिक अधिकृत र त्यसपछि नेपाल आएर २८ नम्बर बाहिनीपतिमा रहँदा अर्को महिला सैनिकलाई यौन दुर्व्यवहार गरेको अनुसन्धानमा पत्ता लागेको हो ।

नेपाली सेनामा यौन दुर्व्यवहार जस्ता विषयमा शून्य सहनशीलता रहेकोले कसैले गल्ती गरेको प्रमाणित भए सेनाको ऐन, नियमअनुसार कारबाही प्रवक्ता पौडेलले बताए ।

सैनिक स्रोतका अनुसार जर्नेल पंकज कार्कीले आफ्नो यौन दुर्व्यवहारको विषय सहायक बाहिनीपति रामचन्द्र कार्कीले बाहिर ल्याएको भन्दै अन्तरिक छानबिन सुरु गराएका थिए । दुईबीच विवाद भएपछि उक्त घटना मध्य–पूर्वी पृतनामा पुगेको थियो । दुर्व्यवहारको घटना र दुई जनाको द्वन्द्वको विषय पृतनाले केन्द्रमा जानकारी गराएपछि सैनिक मुख्यालयले त्यस घटनाको विषयमा छानबिन गरेको थियो ।

छानबिनको क्रममा जर्नेल पंकज कार्कीसहित उनीसँग जोडिएका अन्यको पनि मोइबल फोन र त्यसको म्यासेजलाई अध्ययन गर्दा घटना सार्वजनिक भएको थियो । त्यसपछि संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याएर अध्ययन गर्दा कार्की दोषी प्रमाणित भएको स्रोत बताउछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ