फागुण २६ काठमाण्डौं । बुधबार एमालेका र पूर्व माओवादीका केही नेता कार्यकर्ताहरुको अनौपचारीक भेटघाट भयो । दिउसोतिर बालुवाटारमा भएको त्यस भेटघाटमा एमाले नेता सुभाष नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, एमाले प्रदेश १ का ईन्चार्ज देबराज घिमिरे, पूर्व माओवादीबाट ओली समुहमा लागेका उर्जा मन्त्री टोप बहादुर रायमाझी, वालकृष्ण ढुंगेल र अन्य केही कार्यकर्ता जम्मा भएका थिए ।
त्यसमा नेम्वाङ ससद र सरकारका बारेमा छोटो अनौपचारीक कुराकानी राखेर बाहिरिए । त्यही बेला रायमाझीले पनि केही बोले । त्यही क्रममा एक कार्यकर्ताले रायमाझीलाई प्रश्न गरे, दाई अनि अब के तपाईहरुले एमालेको जबज नै मानेर जाने हो ? विगतमा उठाउनु भएको जनताको जनवाद जस्ता कुराहरु के हुन्छ ?
त्यतिकैमा रायमाझीले भने, अब जबज नै मान्ने हो त्यो अरु केही उठाईृदैन, ध्रुवीकरणको प्रकृयामा जाने हो , विचार सिद्धान्त त्यस्तै हो, अहिले हामीलाई एमाले चाहियो, सूर्य चिन्ह चाहियो त्यति हो ।
त्यस पछि कार्यकर्ताले एमालेमा तपाईहरुको पार्टी प्रवेश हो कि ध्रुवीकरण हो कि पार्टी एकता हो ? भनेर सोधेको स्रोतको दाबी छ । त्यसमा पनि रायमाझीले ध्रुवीकरणको रुपमा आफूहरु एमाले बन्ने बताएका थिए ।
सर्वोच्चको फैसला पछि प्रचण्डसँग सहकार्य गरीरहेका माधव नेपाल सहित सबै पूर्व एमालेका नेताहरु मुलघरमा फर्किए तर पूर्व माओवादीबाट ओली समुहमा लागेका मन्त्री सांसदहरु भने उतै बसेर पद लिने निष्कर्षतिर पुगेका छन् ।
धेरै जसो पूर्व माओवादी कार्यकर्ताहरुले राम बहादुर थापा, लेखराज भट्ट , टोप बहादुर रायमाझी आदिलाईअवसरवादी बनेको पनि टिप्पणी गर्न थालिसकेका छन् ।
पुष ५ मा संसद विघटन पछि प्रचण्डबाट ओली समुहमा लागे लगत्तै उर्जामन्त्री भएका रायमाझी पूर्व माओवादी हुँदा पनि बाबुराम पक्षमा लागेर पछि प्रचण्डसँगै फर्किएका थिए ।