फागुण २६ मोरङ । नेकपा विभाजित भए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्य बनाएका एमाले नेता युवराज बास्कोटालाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई मोरङको पथरीशनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
केही दिन अघि उनलाई हत्यारा भन्दै स्थानीय महिलाले कुटपिट गर्नुका साथै जुत्ता प्रहार गरेका थिए ।
गएको पुस १४ गते भण्डारी पथरीशनिश्चरे २ मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा मृत फेला परेका थिए। त्यसपछि मृतकका परिवारले २६ पुसमा ‘कर्तब्य ज्यान’ मुद्दामा बाँस्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए।
भण्डारीको शंकास्पद मृत्युलाई हत्या भन्दै व्यापक आन्दोलन गरेका थिए ।
बाँस्तोलाको घरमा मृत अवस्थमा फेला परेका भण्डारीको शरिरमा निलडाम र कानमा पनि चोट देखिएको मृतकका आमा राधिका भण्डारीको भनाई छ । उनले घटनामा आरोपीलाई पक्राउ गरि निष्पक्ष छानविन र दोषीलाई कडा कारवाही गर्न माग राख्दै आएकी छिन् ।