भारतमा दुई महिला बेच्न लाँदै गरेको अवस्थामा दुई जना पक्राउ

भारतमा दुई महिला बेच्न लाँदै गरेको अवस्थामा दुई जना पक्राउ

  • बुधबार, फाल्गुन २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

विराटनगर फागुण २६ । दुईजना महिलालाई भारतमा बेचबिखनका लागि लैजादैं गरेको अवस्थामा विराटनगरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगर १६ दक्षिणगेटबाट विराटनगर निवासी दुईजना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

विराटनगर–१५ का काजी तामाङ र विराटनगर–१६ का प्रेमबहादुर मगरलाई प्रहरीले दुईजना महिलालाइृ झुक्याएर भारत लैजान लागेको थाहा पाएर नियन्त्रणमा लिएको हो ।

रोजगारीमा लगाईदिने बहाना बनाएर सिन्धुपाल्चोकका दुईजना महिलालाई काठमाण्डौं हुँदै उनीहरुले विराटनगर ल्याएका थिए । त्यसपछि भारत लैजान लागेपछि पीडित महिलाहरुकै उजुरीका आधारमा उनीहरुलाई प्रहरीले सीमा क्षेत्रबाट नियन्त्रण तथा उद्धार गरेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ