२५ फाल्गुन, काठमाडौं, फागुन २५ । सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँतिएपछि पार्टी कार्यालय पनि पहिलेको अवस्थामा फर्किएको छ ।
एमाले र माओवादी केन्द्रको एकता भइ बनेको नेपाल कम्युनिष्ट पाटी (नेकपा)लाई मान्यता नदिएपछि पूर्ववत् नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्र पेरिसडाँडास्थित आफ्नै पार्टी कार्यालयमा फर्किएको हो ।
योसँगै नेकपा एमालेले धुम्बाराहीमा पार्टीको नाम र साइनबोर्ड पनि परिवर्तन गरि नयाँ बोर्ड राखेको छ । तर, माओवादी केन्द्रले भने पार्टीको नाम र साइनबोर्ड अहिलेसम्म पनि हटाएको छैन ।
पार्टीको नाम र साईनबोर्ड बन्न ढिलाई हुँदा साविक पार्टीको नाम कार्यालयबाट हटाउन नसकिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी गराउनुभयो ।
जेठ ३ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गठन भएको थियो ।