पेरिसडाँडामा विदाइ बैठक: माधव समूह एमालेमै फर्किने, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने निर्णय

पेरिसडाँडामा विदाइ बैठक: माधव समूह एमालेमै फर्किने, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने निर्णय

  • सोमवार, फाल्गुन २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौं, २४ फागुन । नेकपा प्रचण्ड-माधव समूहले पूर्ववतः पार्टी एमाले र माओवादी केन्द्रमा नै रहेर एकता प्रयास गर्ने निर्णय गरेको छ ।सर्वोच्च अदालतको फैसलापछि प्रचण्ड र माधव पक्ष आ-आफ्नै दलमा फर्किने निर्णय गरेका हुन् ।

सोमबार कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकले माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै रहने र प्रचण्डसहित माओवादी केन्द्रका नेताहरु माओवादी केन्द्रमै रहने र एकता प्रयास गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले बताए ।

आइतबार सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो । रिट निवेदकको माग दाबीभन्दा बाहिर गएर एकीकृत पार्टीलाई विभाजन गर्ने फैसला प्रति गम्भीर असहमति रहँदारहँदै पनि फैसला कार्यान्वयको प्रक्रियामा जाने पनि श्रेष्ठले बताए ।

श्रेष्ठले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको असहमति हुँदाहुँदै कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको बताए । उनले नेकपा पार्टीको नामबाट हुने यो अन्तिम बैठक हुन सक्ने बताए । ‘यस प्रकारको बैठक यो अन्तिम हुन सक्छ, सर्वोच्च अदालतको फैसला कार्यान्वयनको चरणमा जाने नै भयो’ उनले भने ।

नेकपाको रुपमा भएको स्थायी कमिटीको यो बैठक नै अन्तिम भएको नेता श्रेष्ठले बताए । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनैपर्ने बाध्यात्मक अवस्था आइसकेको श्रेष्ठका भनाइ छ । यद्यपी सरकारले माओवादीलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे निर्णय भइनसकेको उनले बताए ।

श्रेष्ठले नेपालको कम्युनिष्टहरुलाई एउटै केन्द्रमा राख्ने पहलकदमी आफूहरुले जारी राख्ने पनि बताएका छन् । बैठकमा सर्वोच्चको फैसलाप्रति गम्भीर असहमति राखेको र यसलाई कार्यान्वयन गरेर जाने क्रममा अदालतले भनेअनुसार तत्कालीन एमाले र माओवादी केन्द्र बन्ने उनले बताए । न्यायिक पुनरावलोकनको प्रक्रियामा पनि आफूहरु जाने उनले बताए ।

बैठकले नेपाली कम्युनिष्ट आन्दोलनको ००६ सालदेखिको विकासक्रम र मुख्यतः २०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण गरी निर्माण गरिएको नेकपाको उद्देश्यका बारेमा गम्भिरतापूर्वक अविचलित रुपमा अगाडि बढ्ने पनि संकल्प गरेको उनले बताए ।

अब माधव नेपाल र झलनाथ खनाललगायतका तत्कालीन एमालेका नेताहरू एमालेमै फर्किने भएका छन् भने प्रचण्डहरू पेरिसडाँडामै रहने भएका छन्। आ-आफ्नो घर फर्किने भन्दै उनीहरू पेरिसडाँडाको बैठकबाट बिदा भएका थिए।

बैठकपछि सञ्चारकर्मीसँग वरिष्ठ नेता झलनाथ खनालले अब नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग हिँड्ने प्रतिक्रिया दिएका छन्। उनले सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गर्नुका साथै पार्टीभित्र संघर्ष गर्ने दाबी गरे ।

नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय बदरपश्चात् साविकमा आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने सर्वोच्चले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ