छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक : मुख्यमन्त्री राउत

छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक : मुख्यमन्त्री राउत

  • सोमवार, फाल्गुन २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

जनकपुरधाम, २४ फागुन । मुख्यमन्त्री लालबाबु राउतले छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन जरूरी रहेको धारणा व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज यहाँ आयोजित सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण समारोहमा मुख्यमन्त्री राउतले छोरीलाई अभिशाप, समस्याका रूपमा लिने संरचनागत मनोवृत्तिमा सुधारको खाँचो औँल्याउनुभयो ।

उहाँले नारीप्रति अपमान, एसिड प्रहारलगायतका हिंसाजन्य क्रियाकलाप गर्नेलाई साधारण सजाय नदिई फाँसी दिने व्यवस्था हुनुपर्ने बताउनुभयो । मुख्यमन्त्री राउतले छोरीलाई सशक्त बनाई हिस्सेदारीमा सहभागी बनाउनु आजको आवश्यकता हो भन्दै प्रदेश सरकारले छोरीलाई आत्मनिर्भर र हरेक क्षेत्रमा अग्रसर हुने विविध योजना सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

उहाँले प्रदेश सरकारद्वारा सञ्चालित छोरी बीमा कार्यक्रम गणितीय समस्याका कारण हाल स्थगित भए पनि समस्या समाधान गरी छिट्टै निरन्तरता दिने गृहकार्य भइरहेको बताउनुभयो । प्रदेशसभा सदस्य परमेश्वर साह र सरस्वती चौधरीले भेद्भाव गर्ने मानसिकताको अन्त्य गर्न सबै पक्षको सहयोग आवश्यक रहेको छ भन्नुभयो ।

नीति, योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा र मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले नारी आदिशक्ति र स्वतन्त्रताको सन्देशबोधक भएको बताउनुभयो । उपसभामुख उपमा कुमारी देवको सभापतित्वमा भएको सो समारोहमा धनुषा जिल्लामा रहेका २७ वटा सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक हजार ५२० छात्रालाई साइकल वितरण गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ