कपिलवस्तुमा पुगेर कड्किए विप्लवः बम टेक्दै हिँड्न सकिन्छ, हतियार खोस्दै हिँड्न सकिन्छ !

कपिलवस्तुमा पुगेर कड्किए विप्लवः बम टेक्दै हिँड्न सकिन्छ, हतियार खोस्दै हिँड्न सकिन्छ !

  • सोमवार, फाल्गुन २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

फागुण २४ कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले सरकारसँग सम्झौता पछि पहिलो पटक सार्वजनिक खुल्ला कार्यक्रमलाई संवोधन गरेका छन् । आफ्नै गृहजिल्ला कपिलवस्तुमा पार्टी निकट महिला संगठनको राष्ट्रिय सम्मेलनलाई शिवगढीमा संवोधन गर्दै विप्लवले जिल्लामा राज्यको आदेशमा प्रहरीको दमन बिरुद्ध विद्यार्थी, महिला युवाहरु लडेको स्मरण गरे ।
अन्यायले सीमा नाघे पछि मृत्यु पनि प्रिय हुन्छ, जब सत्य बुझिन्छ तब डर भाग्छ, जसले कुरा बुझेको छैन त्यो भाग्छ, विप्लवले भने । आफूहरुले सत्य बोलेको भन्दै मर्नसँग नडराउने उनको भनाई छ ।
जनताको त्यो प्रतिरोधलाई कुनै डाँडामा बसेर आफूले हेरिरहेको भन्दै आफू त्यो क्षणमा निकै खुसी भएको भन्दै आवस्यक परे बममाथि टेक्दै हिँड्न र हतियार खोस्दै हिँड्न पनि सकिने बताए । त्यो विस्वास भएर नै आफूहरु लडेको विप्लवको भनाई छ ।
उनले अन्यायले सिमा नाघे पछि मृत्युसँग डर नलाग्ने भन्दै अन्याय सहेर, दास बनेर बाँच्नु भन्दा लडेर मर्नु बेस हुने तर्क गरे ।

यसै गरी विप्लवले प्रचण्डले गलत बाटो अपनाएका कारण धुलोपिठो हुन २० महिना पनि नलागेको टिप्पणी गरेका छन् ।

प्रचण्ड निकटका केही मान्छेहरुले प्रचण्डलाई अब २० वर्ष कसैले हल्लाउन नसक्ने टिप्पणी आफूसँग गरेको स्मरण गर्दै विप्लवले यस्तो बताएका हुन ।
विप्लवले वेपत्ता, घाईते, शहीद परिवार र नेता कार्यकर्तालाई छाडेर हिँडेकाले आज प्रचण्डको यो स्थिति आएको बताए ।
यसै गरी नेपालमा कहिल्यै दोस्रो नभएको बाबुराम चक्कर खाँदै यो हालतमा आएको भन्दै उनले पनि गलत बाटो लिएको विप्लवको दाबी छ ।
प्रचण्ड र बाबुराम हिँडेको बाटो देश र जनताको बिरुद्धमा रहेको उनले टिप्पणी गरे ।
पहिला प्रचण्डले अपील गर्दा लाखौँ मान्छे सडकमा आउन, लड्न र मर्न तयार हुने गरेको स्मरण गर्दै आफैले लिएको गलत बाटोले अहिले प्रचण्ड धराशायी भएको विप्लवको दाबी छ ।
उनले महिलाहरुका लागि लड्न अपील गर्दै छोरीहरुको समान अधिकार निश्चित गर्ने दायित्व राज्यको भएको बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ