हामीले साथ छाडेपछि प्रचण्डलाई धुलोपिठो हुन बीस महिना पनि लागेनः विप्लव

हामीले साथ छाडेपछि प्रचण्डलाई धुलोपिठो हुन बीस महिना पनि लागेनः विप्लव

  • सोमवार, फाल्गुन २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

फागुण २४ कपिलवस्तु । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रचण्डले गलत बाटो अपनाएका कारण धुलोपिठो हुन २० महिना पनि नलागेको टिप्पणी गरेका छन् ।

प्रचण्ड निकटका केही मान्छेहरुले प्रचण्डलाई अब २० वर्ष कसैले हल्लाउन नसक्ने टिप्पणी आफूसँग गरेको स्मरण गर्दै विप्लवले यस्तो बताएका हुन ।
आज कपिलबस्तुमा सो पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई संवोधन गर्दै महासचिव विप्लवले वेपत्ता, घाईते, शहीद परिवार र नेता कार्यकर्तालाई छाडेर हिँडेकाले आज प्रचण्डको यो स्थिति आएको बताए ।
यसै गरी नेपालमा कहिल्यै दोस्रो नभएको बाबुराम चक्कर खाँदै यो हालतमा आएको भन्दै उनले पनि गलत बाटो लिएको विप्लवको दाबी छ ।
प्रचण्ड र बाबुराम हिँडेको बाटो देश र जनताको बिरुद्धमा रहेको उनले टिप्पणी गरे ।
पहिला प्रचण्डले अपील गर्दा लाखौँ मान्छे सडकमा आउन, लड्न र मर्न तयार हुने गरेको स्मरण गर्दै आफैले लिएको गलत बाटोले अहिले प्रचण्ड धराशायी भएको विप्लवको दाबी छ ।
उनले महिलाहरुका लागि लड्न अपील गर्दै छोरीहरुको समान अधिकार निश्चित गर्ने दायित्व राज्यको भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ