भीम रावलप्रति खनिए ओलीः प्रधानमन्त्री कुन पार्टीको हो सर्वोच्चलाई सोध्न जानु, तपाई कुन पार्टीको ?

भीम रावलप्रति खनिए ओलीः प्रधानमन्त्री कुन पार्टीको हो सर्वोच्चलाई सोध्न जानु, तपाई कुन पार्टीको ?

  • सोमवार, फाल्गुन २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

फागुण २४ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा प्रचण्ड माधव समुहका नेता भीम रावलप्रति खनिएका छन् । हिजो संसदको बैठकमा बोल्दै नेता रावलले प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाँउ भन्दै प्रश्न गरेको विषयलाई जोड्दै आज प्रधानमन्त्रीले कुन पार्टीको हो भन्ने जानकारी लिन सर्वोच्च जानु भनेका छन् । प्रधानमन्त्री आज अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै थिए ।
प्रधानमन्त्री कुन पार्टीको हो जानकरी पाउँ रे । सर्वोच्च अदालत जाउ कुन पार्टीको हो भन्ने जानकारी लिन । मैले उहाँहरुलाई सोध्छु तपाईं कुन पार्टीको हो रु मलाई साधारण सदस्यबाट पनि निकाल्नु भएको थियो । अदालतले भनेको पनि नसुन्ने । देख्नै नसक्ने, देख्नै नखोज्ने, सुन्नै नखोज्ने ।
संसद पुनस्थापना भए पनि त्यसको पहिलो बैठकमै बिरोध र नाराबाजी भएकोप्रति पनि ओलीले गुनासो पोखे ।
छलफल गरेको हो कि ? धामी नाँच हो कि ? गुर्र कुदेर आएर रोष्ट्रममा नारा लगाएका छन् । अध्योदश फेल गरे भयो नि । अध्यादेश पेस गर्न पाइँदैन भनेर नाराबाजी भयो । उनले असन्तुष्टी पोखे ।
संसद् बैठकको पहिलो दिनमै गाँसमा झिंगा परेजस्तो भो । मर्यादित भएर छलफल र बहस गरौँ, प्रधानमन्त्रीको भनाई थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी