प्रचण्ड-माधव समूहको नेकपाले आधिकारिता दाबी गर्दै संसद् सचिवालयलाई पत्र बुझायो

प्रचण्ड-माधव समूहको नेकपाले आधिकारिता दाबी गर्दै संसद् सचिवालयलाई पत्र बुझायो

  • आइतवार, फाल्गुन २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

फाल्गुन २३, काठमाडौँ ।नेकपाको प्रचण्ड-माधव समूहले आफूहरु आधिकारिक पार्टी रहेको दाबी गर्दै संसद् सचिवालयलाई पत्र बुझाएको छ ।

सो समूहका सांसदहरुले प्रतिनिधिसभाको बैठक बस्नुअघि दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरिएको जानकारीसहित सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमै पुगेर पत्र दिएका हुन् ।
प्रचण्ड माधव समूहको संसदीय दलको बैठक सकिएलगत्तै सांसद्हरु महासचिव गौतमलाई दलको नेतामा दाहाललाई चयन गरिएको र आधिकारिक पार्टी रहेको जानकारी दिन संसद् सचिवालय पुगेका थिए । पत्र दर्ता गर्ने नगर्ने भन्‍ने विषयमा छलफल भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ