प्रधानमन्त्री ओली बिरुद्ध आज अविस्वासको प्रस्ताव दर्ता नहुने संकेत, काँग्रेस र जसपा अझै तयार भएनन्

प्रधानमन्त्री ओली बिरुद्ध आज अविस्वासको प्रस्ताव दर्ता नहुने संकेत, काँग्रेस र जसपा अझै तयार भएनन्

  • आइतवार, फाल्गुन २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.5K
    SHARES

फागुण २३ काठमाण्डौं । पुष ५ मा विघटन पछि सर्वोच्चको आदेशमा पुनस्थापित भएको संसदको बैठक आज बस्दैछ ।
आज अपरान्ह ४ बजे राष्ट्रपतिले आव्हान गरेको बैठकमा प्रधानमन्त्री बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्ने यस अघि भनिए पनि आजका लागि प्रस्ताव दर्ताको सहमति नजुटेको हो ।
नेकपा प्रचण्ड माधव समुहका एक उच्चस्तरीय नेताका अनुसार काँग्रेस र जसपाले निर्णय गरेरै साथ दिने सहमति गरीनसकेकाले अविस्वासको प्रस्ताव लान नेकपालाई समस्या परेको छ ।
पार्टीको आधिकारीकता निर्वाचन आयोगले नदिएका कारण पनि नेकपाको यस समुहलाई अविस्वासको प्रस्ताव लैजान अप्ठ्यारो परेको देखिएको छ ।
आज संसदमा एउटै दलका सांसदहरु सत्तापक्ष र प्रतिपक्षको रुपमा बस्ने स्थिति समेत देखिएको छ ।
अर्कोतिर काँग्रेस र जसपा पनि सत्ता समीकरणका लागि तयार सकेका छैनन् ।
ओली र प्रचण्ड माधव दुबै पक्षले संसदीय दलमा आफ्ना पक्षमा बहुमत सांसद रहेको दाबी प्रस्तुत गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ