फागुण २२ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले कम्युनिष्ट विग्रिए पछि कुहिएको अण्डा जस्तै हुने भन्दै अहिले प्रधानमन्त्री ओली कुहिएको अण्डा भएको दाबी गरेका छन् ।
कुहिएको अण्डा एकदमै गन्हाउने गरेकाले गाडिने गरेको भन्दै प्रचण्डले प्रधानमन्त्रीमाथि यस्तो टिप्पणी गरेका हुन् । आज पेरिसडाँडामा पार्टी प्रवेश गर्ने कार्यकर्तालाई स्वागत गर्दै प्रचण्डले प्रतिगमनविरूद्धको शान्तिपूर्ण जनयुद्धमा आफूहरू विजयी भएको बताए।
‘मैले पुस ५ गते शान्तिपूर्ण जनयुद्ध घोषणा भएको बताएको थिएँ, त्यो जनयुद्मा हामी विजय भएका छौं,’ प्रचण्डले दाबी गरे ।
प्रचण्डले विप्लवलाई पनि स्वागत गर्न आफू तयार रहेको बताए । विप्लवलाई पनि यस्तै कार्यक्रम गरेर स्वागत गर्ने प्रतिक्षामा रहेको घोषणा गरे ।
विप्लवलाई आफूले सबै भन्दा धेरै बुझेको र चिनेको पनि जिकिर गरे ।