प्रधानमन्त्रीले भोलि शिक्षण अस्पतालमा कोरोनाको खोप लगाउने

प्रधानमन्त्रीले भोलि शिक्षण अस्पतालमा कोरोनाको खोप लगाउने

  • शनिबार, फाल्गुन २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

२२ फागुन, काठमाडौं । कोभ्याक्स मार्फत भोली नेपालमा ३ लाख ४८ हजार खोप आईपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोभ्याक्स मार्फत सो खोप आईपुग्ने जानकारी दिए ।
आज युनिसेफ फर इभ्री चाइल्ड र विस्वस्वास्थ्य संगठन नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले कोभ्याक्स मार्फत आउने कुल २२ लाख खोप मध्ये भोलि ३ लाख ४८ हजार आउन लागेको बताए । चीनले दिने भनेको ८ लाख कोरोना विरद्धको खोप समेत चाडै आउने सचिव अर्यालले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोरोना विरद्धको खोप लगाउने भएका छन् । भोलिदेखि शुरु हुने दोस्रो चरणको अभाियन प्रधानमन्त्रीले खोप लगाएर शुरुवात गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।
उनका अनुसार भोलि विहान १० बजे टिचिङ अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाउनेछन् । भोलिदेखि संवैधानिक निकायका पदाधिकारीहरुले समेत लगाउने सचिव अर्यालले बताए । आइतबारबाट ६ हजार भन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरू हुँदैछ ।
यो रणमा ६५ वर्षमाथिका १६ लाख मानिसलाई लगाउने योजना रहेको छ । १५ वटा हिमाली क्षेत्रका जिल्लाका ५५ वर्ष माथिकालाई पनि भोलिदेखि नै दिईने सचिव अर्यालले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ