कालिकामाई गाउँपालिकामा गैर कर्मचारीद्वारा सेवा प्रवाह

कालिकामाई गाउँपालिकामा गैर कर्मचारीद्वारा सेवा प्रवाह

  • शनिबार, फाल्गुन २२, २०७७
  • -दिपक चौरसिया

  • 10.1K
    SHARES

वीरगन्ज २१ फागुन । पर्साको कालिकामाई गाउँपालिकाले गैर कर्मचारीबाट सेवा प्रवाह गराइरहेको पाइएको छ । गृह मन्त्रालयको राष्ट्रिय परिचय–पत्र तथा पञ्जीकरण विभागको निर्देशन र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जको आदेशलाई अवज्ञा गर्दै कालिकामाईले पकहामैनपुर गाउँपालिका वडा न. २ सुर्जाहा निवासी वृजनन्दन पटेलबाट सेवा प्रवाह गराइरहेको पाइएको हो । गाउँपालिकाको सेवा इकाईमा कार्यरत एम.आई.एस. अपरेटर लक्ष्मण साह र फिल्ड सहायक भेष साहलाई काम गर्न नदिएर गैर कर्मचारीबाट सेवा प्रवाह गराएपछि उनिहरुले उच्च अदालत जनकपुर अस्थायी इजलाश वीगरन्जमा मुद्दा दर्ता गराएका थिए ।


प्रमुख प्रशासकीय अधिकृत साहले जनप्रतिनिधिको दबाबमा करीब एक महिनासम्म म्याद थप नगरि हाजीरी समेत गर्न नदिएपछि मुद्दा दर्ता गर्न विवश भएको उनिहरुले बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत साहले गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको दबाबमा विभागका कर्मचारीसँग काम नगराई नियम विपरीत विभागको सहमति विना कर्मचारी मौखिक नियुक्त गरि काम गराइरहेको पाइएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले पुस २० गते गाउँपालिकालाई ती दुबै कर्मचारीहरुको करार सेवाको म्याद थप गरि काम गराउन निर्देशन दिएका थिए । सो मुद्दाको सुनुवाई गर्दै माघ १९ गते उच्च अदालतका न्यायधीश गणेश प्रसाद बराल र अञ्जु उप्रेतीको संयुक्त इजलासले एम।आइ।एस अपरेटरलाई हाजिर गराई काम गर्न अन्तरिम आदेश दिएको थियो ।
त्यस पश्चात प्रमुख प्रशासकीय अधिकृत साहले उक्त कर्मचारीलाई छुट्टै रजिष्टरमा हाजिर गर्न दिएपनि काम गर्न दिएका छैनन् । ति कर्मचारीले गर्नुपर्ने काम अहिले गैर कर्मचारीले गरिरहेका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाको लागि गत वर्ष राष्ट्रव्यापी खुला प्रतियोगिताबाट एम।आइ।एस अपरेटर र फिल्ड सहायकमा छनोट भएका ७ सय ५३ वटै स्थानीय तहको सेवा इकाइमा नियुक्त भएका थिए । जस अन्तर्गत कालिकामाई गाउँपालिकाको सेवा इकाईमा एम।आई।एस। अपरेटर लक्ष्मण साह र फिल्ड सहायक भेष साह नियुक्त भएका थिए । तर आयोजनाको कार्य सम्पन्न नहुँदै विभागको स्वीकृति बिना गाउँपालिकाले दुवै कर्मचारीलाई कामबाट हटाइएको छ । गत पुस १४ गते गाउँपालिका अध्यक्ष नथुनी प्रसादले काम र प्रगति विवरण सन्तोषजनक नरहेको भन्दै पुस ११ गते बसेको कार्यपालिकाको बैठकमा निर्णय भएकोले करार नविकरण गर्न नसक्ने बताएका थिए ।
कार्यप्रगति विवरण सन्तोषजनक नरहेको भन्दै म्याद नथप्ने निर्णय गरेपनि गाउँपालिका कार्यालयको प्रशासन शाखाले मंसिर ८ गते दिएको टिप्पणी र आदेशमा एम।आइ।एस अपरेटर लक्ष्मण साह र फिल्ड सहायक भेष साहको कार्य सम्पादन सन्तुष्ट रहेको उल्लेख गरिएको छ । २०७७ मंसिर ८ गते करार अवधि सकिने भएकाले एम।आइ।एस अपरेटर र फिल्ड सहायकले कात्तिक २४ गते गाउँपालिकामा म्याद थपका लागि निवेदन दिएका थिए । गाउँपालिकाले म्याद नथपेपछि ति कर्मचारीहरुले विभागलाई जानकारी गराए पश्चात विभागले म्याद थप गर्न निर्देशन दिएको थियो । सो निर्देशनलाई अटेरी गरेका प्रमुख प्रशासकीय अधिकृतले उच्च अदालतको पनि आदेशलाई अवहेलना गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी