वीरगञ्जको बहुअरीमा सांसद यादवद्धारा कल्भर्टको पुलकों शिलान्यास

वीरगञ्जको बहुअरीमा सांसद यादवद्धारा कल्भर्टको पुलकों शिलान्यास

विकास निर्माणले आवागमन सहज हुने विश्वास विकासका लागी नागरिकले हामी जनप्रतिनिधिलाई झकझक्याउनु पर्छ : सांसद यादब

  • शनिबार, फाल्गुन २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

वीरगञ्ज, २२ फागुन । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम पर्सा क्षेत्र न। १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादबले विकासको निर्माणमा आफु अनरत लागी रहेको कुरा बताउनु भएको छ ।उहाले जनचाहना अनुसार क्षेत्रको विकास निर्माणका योजनाहरुलाई तिब्रता दिएको बताउनु भएको छ । वीरगञ्ज महानगरपालिका वडा न। १४ बहुअरीमा कल्भर्ट पुलको शिलान्यास गर्दै सांसद यादबले सर्वोच अदालतको निर्णय पछि आफुले विकासका कार्यहरुलाई झन तिब्रता दिएको बताउनु भयो । संसद विघटन पछि विकास निर्माणका कामहरु अलपत्र पर्छन् कि भन्ने चिन्ता बढेको बेलामा सर्वोच्च अदालतको निर्णयले आफुलाई जनताको सेवाप्रति थपउर्जावान बनाएको बताउनु भयो ।

बहुअरी स्थित मर्लैया खोलामा कल्भर्ट पुलको शिलान्यास गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका नेता यादबले नागरिकले विकासका लागी सांसदहरुलाई समय समयमा स्थानिय जनप्रतिनिधि एवम अगुवा कार्यकर्ताहरुले झकझक्याइ राख्नुपर्ने बताउनु भयो । नागरिक जागरुप नहुँदासम्म विकास निर्माणले तिब्रता लिन नसक्ने उहाको भनाई छ ।

सांसद यादवको संसदीय कोषबाट रु। १५ लाखको लागतमा निर्माण हुने कल्भर्ट १८ फिट लम्बाई १५ फिट चौडाई रहेको छ । नइम अन्सारीको अध्यक्षतामा गठित उपभोक्ता समितिले कल्भर्ट निर्माणको काम थालनी गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।

वडा न। १४ का वडाअध्यक्ष भरत प्रसाद कुर्मीको सभापतित्वमा सम्पन्न भएको शिलान्यास कार्यक्रममा प्रदेश सभासदस्य जन्नत अन्सारी, वडासदस्य रफिक अन्सारी, जावेद एकल हैदर, महबुब एलाही अन्सारी, दिलसाद अन्सारी ,कासिम अन्सारी, जैहरुदिन अन्सारी, अब्दुसमन अन्सारी, आजाद हुसैन र अब्दुर रउफ अन्सारी लगायतको उपस्थिती रहेको थियो ।

दशकौ देखि घुमाउरो बाटो भएर आउने समस्याका समाधान हुने स्थानियको भनाइ रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ