प्रचण्ड नेकपा संसदीय दलको नेता चयन, आइतबार ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन, आइतबार ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

  • शुक्रबार, फाल्गुन २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

फागुण २१ काठमाण्डौं । नेकपाको प्रचण्ड–माधव समूहले अध्यक्ष पुष्पकमल दाहाल संसदीय दलको नेता चयन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको सो समूहको संसदीय दलको बैठकबाट प्रचण्डलाई दलको नेतामा चयन गरिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।
यसअघि पुस ९ गते संसदीय दलको नेता चयन गरिएकोमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको अवधिलाई शून्य समय मानेको कारण आजको बैठकले फेरि प्रचण्डलाई संसदीय दलको नेता चयन गरिएको हो ।

प्रचण्ड माधव समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे बिहीबार संघीय संसद् सचिवालयलाई जानकारी गराएको थियो ।

यस्तै आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पक्षमा १ सय ११ जना सांसदले उपस्थित भएर हस्ताक्षर गरेको जानकारी दिएका छन् । आफ्नो पक्षमा ११५ जना सांसद रहेको र विभिन्न कारणवस योगेश भट्टराई, कृष्णबहादुर महरा, विना पोखरेल र चक्रपाणी खनाल भने आजको बैठकमा अनुपस्थित हुन नसकेकोको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ