फागुण २० सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेश बिरोधी भनिएकामा गुनासो गर्दै मधेशमा आफूलाई रोके पनि पानी चाँही नरोक्न अपील गरेका छन् ।
आज सुनकोशी मरिन डाईभर्सन आयोजनाको शिलन्यास गर्दै केपी ओलीले मधेश नपसे पनि खेतमा पानी पसाउछ, यो सन्देश लैजानुस्, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नाम लिदै यस्तो बताएका हुन् ।
उक्त डाइभर्सनबाट प्रदेश २ का जिल्लामा एक लाख ८५ हजार बिगाहा सिँचाइ गर्ने योजना रहेको र ३१ मेगावाट बिजुली निकाल्ने लक्ष्य समेत रहेको प्रधानमन्त्रीले सुनाए ।
‘अड्डा अदालत गइरहनुपर्दैन, मोबाइल एप्सबाटै काम हुन्छ, तपाईं ढुक्क हुनुहोस् देश विकासको बाटोमा अघि बढ्यो।’ प्रधानमन्त्रीले भने ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline