सुवास नेम्वाङदेखि सूर्य थापा सम्मलाई निलम्बन गर्ने नेकपा प्रचण्ड माधव समुहको निर्णय

सुवास नेम्वाङदेखि सूर्य थापा सम्मलाई निलम्बन गर्ने नेकपा प्रचण्ड माधव समुहको निर्णय

  • बुधबार, फाल्गुन १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

फागुण १९ काठमाण्डौं । संसद विघटनसँगै विभाजित बनेको नेकपा भित्र एकले अर्कोलाई कार्बाही गर्ने सिलसिला अझै रोकिएको छैन । यसै सन्दर्भमा नेकपा प्रचण्ड माधव समुहले आज स्थायी समिति सदस्य एवं पूर्व सभामुख सुवास नेम्वाङलाई स्थायी समिति सदस्यबाट निलम्बन गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले नेम्वाङलाई स्थायी समिति सदस्यबाट हटाउदै संसदीय दलको उपनेताबाट समेत राजीनामा दिन निर्देशन दिएको छ ।
यसै गरी प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय पनि पारित भएको छ । यसै गरी ओली समुहले संसदीय दलको मुख्य सचेतकमा चयन गरेका बिशाल भट्टराईलाई पार्टी केन्द्रीय समितिबाटै हटाउने पनि यस समुहले निर्णय गरेको छ ।
यसै गरी महेश बस्नेत, सूर्य थापा, प्रभु शाह, शान्ता चौधरी , कर्ण थापालाई केन्द्रीय समिति सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने ण्र्निय गरेको एक नेताले जानकारी दिए । अहिले केन्द्रीय समितिको बैठक जारी छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ