सरकार र विप्लव नेकपाबीचको पहिलो चरणको वार्ता सम्पन्न

सरकार र विप्लव नेकपाबीचको पहिलो चरणको वार्ता सम्पन्न

  • बुधबार, फाल्गुन १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

फागुण १९ काठमाण्डौं । सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच आज पहिलो औपचारीक वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्ता टोलीहरुबीच बिहान भएको वार्ता सकारात्मक दिशामा अघि बढेको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।
हिजो मात्रै दुबै पक्षले दुई दुई सदस्यीय वार्ता टोलीको घोषणा गरेको थियो । सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा।राजन भट्टराई सहभागी थिए भने नेकपाको तर्फबाट खड्ग बहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ मा विप्लवको पार्टी र उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। तर, पछिल्लो समय समस्याको समाधान वार्ताबाटै गर्न सकारात्मक रहेको जनाउदै आएका थिए । अर्को चरणको वार्ताको मिति र स्थान सार्वजनिक भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ