फागुण १९ काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक वार्ता आजबाट सुरु भएको छ । वार्ताबारे औपचारीक जानकारी सार्वजनिक नभए पनि प्रधानमन्त्रीको सरकारी निवासमै वार्ता भईरहेको स्रोतले जनाएको छ ।
सरकार र नेकपा दुबै पक्षले हिजो नै वार्ता टोली सार्वजनिक गरेको थियो ।
सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई रहेका छन् भने नेकपाका तर्फबाट खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने रहेका छन् ।
सरकारले प्रतिवन्ध लगाएको दुई वर्ष पुरा हुनै लाग्दा नेकपा वार्तामा बसेको हो । सरकारले हिजो नै नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्ने घोषणा गरेको थियो । २०७५ साल फागुण २८ गते नेकपामाथि सरकारले प्रतिवन्धको घोषणा गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline