सरकारसँग वार्ता गर्न विप्लव नेकपाले बनायो प्रकाण्डको नेतृत्वमा टोली (विज्ञप्तीसहित)

सरकारसँग वार्ता गर्न विप्लव नेकपाले बनायो प्रकाण्डको नेतृत्वमा टोली (विज्ञप्तीसहित)

  • मङ्लबार, फाल्गुन १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

फाल्गुन १८, काठमाडौँ ।  सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ ।

नेकपा महासचिव विप्लवले विज्ञप्ति जारी गरि २ सदस्ययीय उच्चस्तरीय वार्ता टोली गठन गरेको जनाएका हुन् । स्रोतका अनुसार सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोली गठन गरिएको थियो।
वार्ताका लागि जेलमा रहेका नेताकार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने पहिलो सर्त रहेको नेकपाले बनाएको छ । तर आज जारी विज्ञप्तीमा भने वार्ताका एजेन्डाबारे केहि उल्लेख छैन ।
अब तत्कालै वार्ता टोलीको बैठक बसेर सरकारसँगको वार्ताका लागि एजेन्डा तय गरिने नेकपाका एक नेताले बताए । नेकपासँग वार्ताका लागि सरकारले पनि मंगलबार मात्रै गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् ।

मंगलबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने बताउँदै हतियार मुद्दालगायतका विषय भने वार्ताबाटै टुंगो लगाइने जानकारी दिएका थिए ।

सरकारले विप्लव नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । झन्डै २० महिनाअगाडि सरकारले विप्लवसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, नेकपाले आधिकारीक रुपमा आफ्नो पार्टीसँग वार्ता गर्न आधिकारीक वार्ता टोली नबनाएको भनेपछि वार्ता हुन सकेको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ