विप्लव नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्ने सरकारको घोषणा

विप्लव नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्ने सरकारको घोषणा

  • मङ्लबार, फाल्गुन १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

काठमाडौं, १८ फागुन । सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भन्दै नेकपामाथि प्रतिबन्ध लगाएको सरकारले दुई वर्षपछि फुकुवा गर्ने तयारी गरेको हो ।

नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन भएको जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टीमाथिको प्रतिबन्ध पनि फुकुवा गर्ने बताएका हुन् ।

प्रतिबन्ध फुकुवा भएपछि नेकपा शान्ति प्रक्रियामा आउने मन्त्री गुरुङले विश्वास व्यक्त गरे ।

सरकारले २०७५ फागुन २८ गते नेकपामाथि प्रतिबन्द लगाएको थियो । त्यसयता हालसम्म नेकपाका करिब दुई हजार बढी नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सयौ नेता कार्यकर्तालाई झुठा मुद्धा चलाएको छ । अझै थुप्रै नेता कार्यकर्ता जेल तथा हिरासतमा रहेका छन् ।

प्रहरीले दमन तथा धरपकड तिब्र बनाएपनि चार वटै सुरक्षा निकायले यो समस्याको समाधान राजनीतिक तहको वार्ताबाटै गर्नुपर्ने बताउँदै आएका थिए ।

यसअघि पनि सरकारले भूमिगत समूहहरुसँग वार्ता गर्न भन्दै सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा समिति गठन गरेको थियो । तर त्यतिबेला सरकारले नेकपासँग आधिकारीक रुपमा वार्ता गर्ने भनेर टोली भने गठन गरेको थिएन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ