१८ फागुन, काठमाडौं । गाँउपालिकाका अध्यक्षले नै कमिसन मागेको सूचना पाए पछि अख्तियारको टोलीले पिछा गर्ने क्रममा आफ्नो गाडीमा रहेको ८ लाख रुपैया पैसा नै फ्याकेर धनुषा बटेश्वर गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर राउत भागेका छन् ।
धनुषाको छिरेश्वर नगरपालिका ५ मा बाटोमा फालेर राउत फरार भएका हुन् ।
राउतले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि कमिसन मागेको सूचना पाएपछि अख्तियारको टोली काठमाण्डौबाट धनुषा पुगेको थियो ।
अध्यक्ष क्षेत्री भागे पछि अख्तियारले उनका गाडी चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएर बाटोमा फालिएको पैसा समेत बरामद गरेको छ ।
यस बिषयमा राउतको नम्बरमा सम्पर्क गर्दा उनको फोन स्वीच अफ् रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline