टिनको छानो सहितको दुईवटा कोठा बनाएर १ करोड बजेट झ्वाम !

टिनको छानो सहितको दुईवटा कोठा बनाएर १ करोड बजेट झ्वाम !

  • सोमवार, फाल्गुन १७, २०७७
  • दिपक चौरसिया

  • 16.9K
    SHARES

वीरगन्ज (पर्सा), १७ फागुन । प्रदेश सरकारबाट हुने विकासमा व्यापक अनियमिमता हुने गरेको तथ्य फेला परेको छ । प्रदेश सरकार मातहतबाट भएका काममा कुनैपनि त्यस्तो विकास छैन, जहाँ लुटतन्त्र भएको छ । खास गरेर प्रदेश २ सरकारका मुख्यमन्त्री, मन्त्रीदेखि लिएर उनका पि.ए. सम्म कमिशन मात्रै लिएर बजेट निकाशा गर्ने गरेको बेला बखत विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भइ नै रहेको हुन्छ । प्रदेश सरकारबाट निकाशा हुने बजेटमा मुख्यमन्त्री, मन्त्रीदेखि लिएर उनका पिएसम्मको कमिशन लिइएको कारण त्यहाँबाट निकाशा हुने बजेटको सदुपयोग हुन पाएको छैन ।
नारायणी रंगशाला छेउमै दक्षिण पूर्वतर्फको कुनामा क्रिकेट खेलाडीहरुको लागि ग्राउण्ड निर्माण गरिएको छ भने खेलाडीहरुकै लागि चाहिने भवन पनि निर्माण गरिएको छ । क्रिकेट ग्राउण्ड र १ तल्ले भवन पहिला नै निर्माण गरिएको थियो तर त्यसलाई मर्मत सम्भार र नयाँ प्याराफिट निर्माणको लागि २०७४÷०७५ मा प्रदेश सरकारले १ करोड बजेट छुट्याएको थियो र त्यो एक करोड बजेटबाट पहिलाकै एकतल्ले भवनको माथि टिनको छाना सहितको दुईवटा कोठा तथा फ्लामको डण्डी गाडेर माथि फाइबर राखेर छानो निर्माण गरिएको छ । त्यतिकैमा १ करोड बजेट सिध्याइएको छ ।No description available.
१ करोड वा त्यो भन्दा बढि लगानीको कुनैपनि भौतिक संरचना निर्माण गर्नका लागि टेण्डर आह्वान गरेर निर्माण गर्नुपर्नेमा प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई पठाइएको उक्त बजेट कमिशनमै सिध्यानका लागि उपभोक्ता समिति गठन गरेर निर्माण कार्यको जिम्मा लगाइयो । दुई आर्थिक वर्षमा ८० लाख र २० लाख गरि बजेट निकाशा भयो र क्रिकेट संघका अध्यक्ष समेत रहेका दाउद अन्सारीको संयोजकत्वमा उपभोक्ता समिति गठन गरेर निर्माण कार्यको जिम्मा लियो र निर्माण भने २५ प्रतिशत पनि भएन् ।No description available.
पुरानै एकतल्ले भवनको माथि पर्खाल जोडेर टिना हालेर २ वटा भवन निर्माण गरियो र प्याराफिट निर्माणको लागि छडहरु गाडेर अलपत्र अवस्थामा छाडियो । प्याराफिट निर्माणको लागि ठुलठुला छडहरु गाडेर छाडिएको छ । बर्षातको बेला त्यही खाल्डोमा पानी जमेर उक्त छडहरु ढलेर खिया लागेर खराब हुने अवस्थामा पुगेको छ । अब हाल आएर बजेटको अभाव भयो भन्ने बहानामा निर्माण कार्यलाई रोकिएको छ । त्यत्रो महँगो मूल्यमा खरिद गरिएका छडहरुको कुनै लेखाजोखा छैन । बजेट आयो, त्यसलाई काम गर्ने भनेर केही दिनसम्म लागियो र अलपत्र अवस्थामा छाडियो ।
अर्कोतर्फ नारायणी रंगशालालाई निर्माणको लागि बनाइएको डि.पि.आर. अनुसार पनि उक्त भवन निर्माण गरिएको छ । नारायणी रंगशालाले आफ्नो मातहतभित्रका सम्पूर्ण भौतिक संरचनालाई डि.पि.आर. अनुसार बनाउन लागि परेको अवस्थामा प्रदेश सरकारले उक्त शिर्षकमा दिएको बजेटलाई जसरी पनि सिध्याउने भन्ने सोचले डि.पि.आर. विपरित उक्त निर्माण कार्य गरिएको छ । भोलिका दिनमा रंगशालाले आफ्नो डि.पि.आर. अनुसार भौतिक संरचना निर्माण गर्दा प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको उक्त संरचना पनि भत्काइनु पर्ने हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी