नेपाललाई चीनले थपेर ८ लाख डोज कोरोनाको खोप सहयोग गर्ने

नेपाललाई चीनले थपेर ८ लाख डोज कोरोनाको खोप सहयोग गर्ने

  • सोमवार, फाल्गुन १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

फागुण १७ काठमाण्डौं । चीनले नेपाललाई ८ लाख डोज कोरोनाको खोप दिने भएको छ । यस अघि दुई पटक गरी ५ लाख डोज दिने घोषणा गरेको चीनले आज थप ३ लाख डोज दिने जनाएको छ । यसरी कुल ८ लाख डोज कोरोना बिरुद्धको खोप अनुदान सहयोग गर्ने चीनीया राजदुतावासले जनाएको छ । चिनियाँ राजदूत होउ यान्छीले सोमबार ट्वीट गर्दै नेपाललाई थप ३ लाखसहित जम्मा ८ लाख डोज भ्याक्सिन अनुदान सहयोग गर्न लागेको जानकारी दिएकी छन् ।
यसअघि चीनका स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री वाङ यीले नेपाललाई चीनले ५ लाख कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने प्रतिबद्धता जनाएका थिए ।
राजदूत होउले सोमबार आफ्नो ट्वीटमा लेखेकी छन्,‘कोभिड–१९ विरुद्ध लड्नको लागि सहयोग स्वरुप चीन सरकारले नेपाललाई भ्याक्सिनको अनुदान सहायतामा बृद्धि गरी ८ लाख डोज पुर्‍याएको छ ।’

In order to support Nepal’s fight against the COVID-19 pandemic, the Chinese government has decided to increase grant assistance of vaccine for Nepal to 800,000 doses. Let us join hands to achieve the victory at an early date!

चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने छ ।
यस अघि नेपाललाई भारतले १० लाख डोज अनुदानमा दिएको थियो भने भारतसगँ २० लाख डोज खरीद गरेको छ । जस मध्य १० लाख डोज खरीद गरेको खोप आईपुगेको छ भने बाँकी आउने क्रममा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ