फागुण १७ काठमाडौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले आफू सम्पूर्ण रुपले पतन नहुँदा सम्म प्रधानमन्त्री ओलीले गड्बड् गरीरहने दाबी गरेका छन् ।
आज काठमाडौंमा आयोजित पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले सर्वोच्चबाट आफू पराजीत भए पछि पनि नैतिकताको आधारमा राजीनामा दिनुको सट्टा अहंकार प्रदर्शन गरीरहेको जिकिर गरे ।
नैतिकताको हिशाबले राजीनामा दिनु पर्नेमा उल्टै देखाईदिन्छु भन्दै हिँडेको भन्दै अब के देखाउन बाँकी छ ? प्रचण्डले प्रश्न गरे ।
अध्यक्ष प्रचण्डले अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिए पनि अझै जित्यौं भन्दै हिडिरहेको दाबी गरे ।
निर्वाचन आयोगले आफूहरूलाई नै आधिकारिकता दिने भन्दै अध्यक्ष प्रचण्डले दुविधामा रहेका नेता कार्यकर्तालाई फर्किन आग्रह गरे । उनले अब संसद शुरु भए पछि छिट्टै नयाँ सरकार बन्ने पनि दाबी गरे ।