आफ्नै ज्यानमाथि आक्रमणको खतरा रहेको प्रधानमन्त्रीको दावी, आफूलाई केही भईहाले अनौठो नमान्न आग्रह

आफ्नै ज्यानमाथि आक्रमणको खतरा रहेको प्रधानमन्त्रीको दावी, आफूलाई केही भईहाले अनौठो नमान्न आग्रह

  • सोमवार, फाल्गुन १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

फागुण १७ पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरीक रुपमै आक्रमण हुने खतरा रहेको दाबी गरेका छन् । पोखरामा आज आफ्नो समुहको गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले देशी विदेशी तत्वहरु नेकपालाई ध्वस्त पार्न लागिरहेको र आफूमाथि पनि आक्रमणको खतरा रहेको जिकिर गरे ।

ओलीले भने, ‘तपाईंहरु अनौठो नमान्नु होला यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भनेपनि कुनै अनौठो नमान्नु होला । तर, पनि आफूहरुले सतर्कता अपनाईरहेको प्रधानमन्त्रीको भनाई छ ।
उनले आफू नरहेपनि पार्टी र आन्दोलन रहिरहने भन्दै पार्टी कुनै पनि हालतमा तलमाथि नपर्ने बताए । ‘म नरहेपनि केही छैन । आन्दोलन छ, पार्टी छ, यस आन्दोलनले प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन’, ओलीले भने ।
पार्टीको नेतृत्वमा रहेका हुनाले, यस पार्टीलाई अघि बढाइरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले, विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले ममाथि प्रहार केन्द्रीत छ’, प्रधानमन्त्रीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ