नेकपा प्रचण्ड माधव समुहको केन्द्रीय समितिको बैठक फागुण १९ गते बस्ने, नागरिकता सहित आउन निर्देशन

नेकपा प्रचण्ड माधव समुहको केन्द्रीय समितिको बैठक फागुण १९ गते बस्ने, नागरिकता सहित आउन निर्देशन

  • सोमवार, फाल्गुन १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

फागुण १७ काठमाण्डौं । पछिल्लो बिकसित राजनीतिक घटनाक्रम र पार्टीको आधिकारीकताको विवाद सम्बन्धि छलफल गर्न नेकपा प्रचण्ड माधव समुहले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक फागुण १९ गते दिउसो १ बजे पार्टी कार्यलय पेरिसडाँडामा बस्नेछ ।
आज सिंहदरबारमा बसेको सचिवालयको बैठकले स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय सदस्यहरुलाई सर्कुलरनै तयार पारेर नागरिकता र पार्टीको परिचय पत्र सहित आउन निर्देशन दिईएको छ ।
फागुण २३ मा संसद शुरु हुने भएकाले कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन र निर्वाचन आयोग नै नागरिकता बोकेर गई आधिकारीकताको विवाद समाधानमा दबाब दिने उदेश्यले नागरिकता लिएर आउन भनिएको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ