नेकपाप्रति प्रतिपक्षीको चाहनाः मिले पनि फुटे पनि ढिलो नगर !

नेकपाप्रति प्रतिपक्षीको चाहनाः मिले पनि फुटे पनि ढिलो नगर !

  • सोमवार, फाल्गुन १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

फागुण १७ काठमाण्डौं । पुष ५ को संसद विघटन पछि सांगठनिक रुपमा विभाजित भएको नेकपाको एकताको संभावना रहेको भन्दै वामदेव गौतम अभियानै चलाईरहेका छन् । प्रचण्ड माधव पक्षले प्रधानमन्त्रीले राजीनामा दिएर आत्मालोचना गरेमा एकताको संभावना रहने बताईरहेको छ भने प्रधानमन्त्री ओलीले प्रचण्ड माधवले आत्मालोचित भएर फर्किएमा एकता हन सक्ने बताईरहेको छ ।
वस्तुगत रुपले हेर्दा दुबै समुहबीच तत्काल एकताको संभावना छैन । तर कानुनी रुपमा दुबै समुहले दल विभाजन भन्दा पनि एकले अर्कोलाई कार्बाही गरेर विवरण मात्रै हेरफेर गरेर आधिकारीक पार्टी र निर्वाचन चिन्ह मात्रै प्राप्त गर्न खोजिरहेका छन् । यसै कारणले निर्वाचन आयोगलाई पनि नेकपाको विवाद समाधान गर्न फलामको च्युरा साबित भईरहेको छ ।
यस्तोमा फागुण २३ गते पछि शुरु हुने संसदको अधिवेशनमा अविस्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउन प्रचण्ड माधव समुहले प्रयास गरे पनि कानुनी रुपमा नेकपा विभाजित नभएको र संसदीय दलको नेता प्रधानमन्त्री ओली नै रहेकाले यो समुहले सोझै त्यस्तो प्रस्ताव लान व्यवहारीक कठिनाई छ ।
काँग्रेस वा जसपाले त्यस्तो प्रस्ताव ल्याउदा मात्रै फ्लोर क्रस गरेर प्रचण्ड माधव समुहका सांसदले मत दिन सक्छन् र प्रधानमन्त्री हट्न सक्छन् । यस्तोमा ओली समुहले पनि सरकार टिकाईराख्न आन्तरीक लविगं गरीरहेको छ ।
यस्तो स्थितिमा दुबै समुह आधिकारीक रुपमा फुट्नु पर्ने र मात्रै एउटा समुहलाई साथ दिन सकिने रणनीतिमा काँग्रेस र जसपा देखिन्छन् ।
एकल पार्टीकै १७४ जना सांसद रहेको नेकपा विभाजित हुँदा सांसदको संख्या लग भग आधा आधा हुने निश्चित छ । त्यस्तो स्थितिमा सरकार निर्माणका लागि काँग्रेसको साथ चाहिने हुन्छ ।
त्यसतो स्थितिमा नेकपा मिले मिल्नुस् नमिले अध्यादेश ल्याएर भए पनि विभाजनको टुंगो लागे हुन्थ्यो भन्ने काँग्रेस नेताहरुको सुझाव रहेको देखिन्छ ।
यस अघि पेरिसडाडा पुगेका जसपाका नेता राजेन्द्र महतोले पनि प्रचण्ड माधव नेपाललाई तपाईहरु कुन पार्टीको हो ? भनी प्रश्न सोधेका थिए । जसपाले पनि विभाजन भए पछि मात्रै कुन समुहलाई साथ दिने भन्ने निक्र्यौल गर्ने आन्तरीक तयारी गरेको छ ।
यस्तो स्थितिमा प्रतिपक्षीको चाहना नेकपा मिले छिटो मिल नमिले छिटो फुट भन्ने रहेको स्पष्ट हुन्छ । नेकपा विभाजित हुँदा आउने निर्वाचनमा काँग्रेस र जसपालाई थप फाईदा पुग्ने भएकाले पनि नेकपाको विभाजन प्रतिपक्षीको चासो र चाहनाको बिषय बनिरहेको आकंलन गर्न थालिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ