मिस्टर हेल्लो र मिस्टर कम्फरटेबल ( माधव र प्रचण्ड ) ले देशलाईं बर्बाद पार्न लागेका छन्ः प्रधानमन्त्री ओली

मिस्टर हेल्लो र मिस्टर कम्फरटेबल ( माधव र प्रचण्ड ) ले देशलाईं बर्बाद पार्न लागेका छन्ः प्रधानमन्त्री ओली

  • आइतवार, फाल्गुन १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाललाई मिस्टर हेल्लो र प्रचण्डलाई मिस्टर कम्फरटेबलको संज्ञा दिएका छन् । मिस्टर हेल्लो र मिस्टर कम्फरटेबलले देशलाई बर्बाद पार्न लागे, प्रधानमन्त्रीले भनेका छन् ।
उनी आज गृहजिल्ला झापामा पुगेर सवोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
प्रचण्डले हालै काँग्रेस,जसपा र नेकपा (प्रचण्ड माधव ) समुहको सरकार बनेमा भारतलाई कम्फरटेबल हुने भनी एक टेलिभिजनमा अन्तवार्ता दिए पछि ओलीले सो विषयमा सो पदावली प्रयोग गरेका हुन् ।
यस्तै माधव कुमार नेपालले हिन्दीमा संवोधन गरेको सन्दर्भमा उनलाई मिस्टर हेल्लो उपमा ओलीले दिएको अनुमान गरिएको छ ।
उनले अदालतले संसद पुनस्थापना गरेपनि आफूलाई जब सम्म नेपाली जनताको साथ रहन्छ, जब सम्म आफ्नो टाउकोमा जनताको आशिर्वाद रहन्छ आफू सरकारमै रहने बताए ।
प्रचण्ड र माधव नेपाल पद पैसा र परिवारमा मात्र ध्यान दिने खालको रहेको ओलीले दाबी गरे । उनीहरु नेपाली जनताका लागि पिलो भन्दा पनि टन्टनाउने, शान्ति र एकता देख्न नसक्ने खालको र पद, पैसा र परिवारमा मात्रै ध्यान दिएर जे पनि मलाई चाहियो, अहिले हाताहाती चाहियो भन्दै हिँड्ने गरेको भन्दै आलोचना गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ