युवालाई बन्धक बनाएर १० लाख फिरौती माग गर्ने एक महिला सहित तीन जना प्रहरीको नियन्त्रणमा

युवालाई बन्धक बनाएर १० लाख फिरौती माग गर्ने एक महिला सहित तीन जना प्रहरीको नियन्त्रणमा

  • आइतवार, फाल्गुन १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

मोरङ, फागुन १६ गते । मोरङको बिराटनगर महानगरपालिका–१८ का २३ बर्षीय सुभाष कामतलाई बन्धक बनाई परिवारसंग १० लाख फिरौति रकम माग गर्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका–२० का २० बर्षीय रोहित मण्डल, बिराटनगर–१६ का अजय यादव र बिराटनगर–६ की २८ बर्षीया सन्ध्या शर्मा रहेका छन् । निजहरुले शनिवार दिउँसो देखि कामतलाई बन्धक बनाएको र फिरौति बापत परिवारसंग १० लाख रकम माग गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सूचना पाएको २ घण्टा भित्रै कामतलाई बिराटनगर–६ बाट सकुशल उद्धार गरेको हो । मानिस बन्धक बनाएको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी