सर्वोच्चमा प्रचण्डको लिखित जवाफः आफूबाट अदालतको अवहेलना कहिल्यै हुन नसक्ने दाबी

सर्वोच्चमा प्रचण्डको लिखित जवाफः आफूबाट अदालतको अवहेलना कहिल्यै हुन नसक्ने दाबी

  • आइतवार, फाल्गुन १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

फागुण १६ काठमाडौँ । अदालतको अवहेलना मुद्धामा सर्वोच्चले आदेश गरे बमोजिम नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले आज लिखित जवाफ पेश गरेका छन् । जवाफमा प्रचण्डले कुनै पनि मुद्धामा जीतको आश राखेर व्यक्त गर्दा त्यसबाट अवहेलना नहुने जिकिर गरेका छन् । उनले आफू र आफ्नो दलले कहिल्यै पनि अदालतको अवहेलना नगर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोलेको तथा न्यायाधीशहरूलाई लक्षित गरी अभिव्यक्ति दिएको भन्दै हालिएको रिटमा प्रचण्डले लिखित जवाफ दिएका हुन् ।

माघ ९ गतेको आमसभामा आफूले कार्यकारिणी अधिकार प्रयोग गर्नेले संविधानविरुद्धको काम गरेको कुरा जनतालाई स्पष्ट पार्ने सिलसिलामा व्यक्त गरेको भन्दै उनले अदालतलाई धम्की दिएको भन्ने दाबी झूटो भएको जनाएका छन् ।

दाहालविरुद्ध परेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको इजलासले लिखित जवाफ माग गर्ने आदेश दिएको थियो । दाहालविरुद्ध अधिवक्ता समीर हायूले निवेदन दर्ता गरेका थिए ।

https://www.mirmireonline.com/wp-content/uploads/2021/02/prachanda-2.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ