केपी ओलीलाई पदबाट नहटाए सम्म लँडाई जारी रहन्छः माधव नेपाल

केपी ओलीलाई पदबाट नहटाए सम्म लँडाई जारी रहन्छः माधव नेपाल

  • शनिबार, फाल्गुन १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

फागुण १५ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीसँग कुनै पनि हालतमा एकता नहुने बताएका छन् । सो समुह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई आज संवोधन गर्दै नेपालले बालुवा पेलेर तेल निस्कनु र ओली सुध्रिनु उही भएको टिप्पणी गरे । उनले वामदेव गौतमले पार्टी एकताका लागि प्रयास गरीरहेको सन्दर्भमा सो अभिव्यक्ति दिएका हुन् ।
शुरुमा वामदेव गौतमले नै स्थायी समितिमा प्रधानमन्त्री ओली सबै भन्दा खराब मान्छे भनेर राजीनामा मागरेको तर अहिले सुधार्छु भनेर लागेको भन्दै त्यो संभव नभएको नेपालको तर्क छ ।
उनले संसद पुनस्थापना पछि एउटा लँडाई जितिए पनि केपी ओलीलाई पदबाट नहटाउदा सम्म अर्को लँडाई जारी रहने बताए ।
केपी ओलीलाई पूर्व एमालेको कुनै माया नभएको भन्दै उनले मदन भण्डारी फाउन्डेसनको नाममा गुट चलाईरहेको पनि नेपालको दाबी छ ।
अब ओलीलाई हटाउन आन्दोलन गरेका दलहरुसँग सहकार्य गरेर अघि बढ्ने प्रयास भईरहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ