तथ्य र प्रमाणका आधारमा जोसुकैलाई कारबाही गर्छौंः राई

तथ्य र प्रमाणका आधारमा जोसुकैलाई कारबाही गर्छौंः राई

  • शनिबार, फाल्गुन १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

१५ फाल्गुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने प्रतिबद्धता जनाउनु भएको छ ।
घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले प्रमाणका आधारमा जोसुकैलाई कारबाही गर्ने बताउनुभएको छ ।

उहाँले निर्दोष व्यक्तिलाई भ्रष्टाचारको दायराभित्र ल्याउने व्याक्तिलाई पनि कार्वाहि गर्ने उहाँले बताउनु भयो ।

विना पूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर भ्रष्ट्राचार नियन्त्रणको कामकारबाहीलाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । आयोगको इतिहासमै भ्रष्ट्राचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास गर्ने पनि प्रमुख आयुक्त राईले बताउनुभयो ।
नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिलेसम्म भएको कामहरू भन्दा बढी प्रभावकारी ढङ्गले काम गर्ने पनि बताउनु भयो ।

नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरूलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानून सम्मत ढङ्गले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ