बालाजुबाट ४८ घरधुरीलाई सडक विस्तारका नाममा विस्थापित गरिएको भन्दै नागरिक आन्दोलनद्धारा माईतीघरमा प्रदर्शन

बालाजुबाट ४८ घरधुरीलाई सडक विस्तारका नाममा विस्थापित गरिएको भन्दै नागरिक आन्दोलनद्धारा माईतीघरमा प्रदर्शन

  • शुक्रबार, फाल्गुन १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

फागृण १४ काठमाडौं । सडक विस्तारको नाममा अन्यायपूर्ण ढंगबाट विस्थापित गराइएको भन्दै पीडितहरूले विरोध प्रदर्शन गरेका छन् ।
विभिन्न नागरिक संगठनहरूको आयोजनामा आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । सडक विस्तारका क्रममा काठमाडौंका आदिवासी नेवारहरूलाई विस्थापित गरिएको र सभ्यताको समेत विनास भइरहेकाले आन्दोलन गरिएको अभियान्ताहरुले बताएका छन् ।

बालाजु बाइपासमा रहेका ४८ घरधुरीलाई सरकारले अन्यायपूर्ण रूपमा विस्थापित गराएको पीडितहरूको गुनासो छ । सर्वोच्च अदालतको अन्तरिम आदेश समेत नमानेर मुआब्जा र क्षतिपूर्तिविना सरकारले घर भत्काएको पीडितहरूको आरोप छ ।

घर भत्काउन अवरोध गर्दा घरधनी तथा अभियन्ताहरूलाई प्रहरीले हिरासतमा लिएको भन्दै उनीहरूलाई विनाशर्त रिहाइको माग गर्दै आन्दोलन गर्नुपरेको उपत्यकाव्यापी सडक पीडित संघर्ष समितिले जनाएको छ ।

मातृभाषा बोलेकै कारण बालाजु बाइपासस्थित स्थानीयलाई प्रहरीले धरकपड गरी नियन्त्रणमा लिएको नेवाः देः दबुः का अध्यक्ष नरेश ताम्राकारले बताउनुभयो । सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई समेत लत्याएर घरहरू भत्काएको उहाँको भनाइ छ ।

वर्षौंदेखि सरकारी निकायसँग सिफारिस लिइ बनाएको घर तथा कानूनी रूपमा पनि आफूहरूको जित भएको भए पनि राजनीतिक कारण घर भत्काइएको पीडितको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ