फागुण १४ काठमाण्डौं । विकासका नाममा प्रतिगमन भएको भन्दै बृहत नागरिक आन्दोलनले आज प्रतिरोधका लागि माईतीघरमा प्रदर्शन गर्ने भएको छ । आजको प्रतिरोध आन्दोलनमा नागरिक आन्दोलनका अतिरिक्त उपत्यका सडक विस्तार पीडित संघर्ष समिति र नेवा देय दबुले समेत सहभागीता जनाउने भएको छ ।
बालाजु बाईपासमा सडक बिस्तार बिरुद्ध संघर्ष गर्ने क्रममा १२ गते आन्दोलनकारीलाई गिराफ्तार गरेको भन्दै नागरिक आन्दोलनले प्रतिरोध गर्ने घोषणा गरेको थियो ।
सरकारबाट सडक विस्तारको नाममा निजी घरहरूमा डोजर लगाउने, स्वबासीहरूलाई उठिबास गर्ने र न्यायिक आवाज
उठाउनेहरूमाथि दमन गर्ने क्रम जारी राखेपछि स्थानीय बासिन्दा र अभियन्ताहरूले वर्षौदेखि संघर्ष गर्दै आएका छन्
। संघर्षको सिलसिलामा सरकारी भवन बनाउन बारिएको जस्ताको बार भत्काएको निहुँमा स्थानीय जग्गाधनी तथा
पीडित मीन शाही, महेश्वर मानन्धर, संजय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ, रूक्षित श्रेष्ठसँगै अभियन्ता सुमन सायमि र विरोचन श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त, बालाजुले गिरफ्तार गर्दै जथाभावी मुद्दा चलाउन लागेको नागरिक आन्दोलनले वक्तव्य जारी गरी जनाएको छ ।