नेपाली काँग्रेसले सरकार गठनबारे विकल्प दिन सक्ला ? पदाधीकारीको बैठक जारी

नेपाली काँग्रेसले सरकार गठनबारे विकल्प दिन सक्ला ? पदाधीकारीको बैठक जारी

  • बिहिबार, फाल्गुन १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

फागुण १३ काठमाडौं । प्रधानमन्त्री बन्न नेपाली काँग्रेस सभापति शेर बहादुर देउवालाई नेकपा प्रचण्ड र माधव कुमार नेपालले दिएको प्रस्ताव एवं संभावित विकल्पका बारेमा नेपाली काँग्रेसले औपचारीक रुपमा छलफल शुरु गरेको छ ।

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकसभापति देउवाको निवास बुढानिलकण्ठमा बसिरहेको छ । काँग्रेस भित्र नेताहरुले अहिले सरकारमा जान नहुने सुझाव राख्दै आएका छन् ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीतिको विषयमा पनि छलफल हुन कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलेल जानकारी दिए ।

नेकपा विभाजित भएको अवस्थामा अब नयाँ सरकार बनाउन काँग्रेस निर्णायक देखिएको छ । काँग्रेसको संसदमा ६१ सिट रहेको छ । नेकपाको प्रचण्ड माधव समुहमा ९० र ओली समुहमा ८४ जना रहेका छन् । तर अन्तिम समयमा दुबै पक्ष एक अर्का समुहतिर आउजाउ हुने संभावना रहेकाले यी घटबढ् हुने संभावना छ ।
स्पष्ट रुपले दुबै समुह मध्य कुनै पनि समुहलाई काँग्रेसले साथ दिदा उसको सरकार बन्ने संभावना छ ।
सर्वोच्चको आदेश अनुसार यसै महिना भित्र संसदको बैठक बस्ने छ । त्यस पछि नयाँ सरकार बन्ने या यही सरकारलाई समर्थनको कुरा टुगिंएपछि मात्र सत्ता समीकरणको प्रकृया टुंगो लाग्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ