फागुण १३ काठमाडौं । विभाजित नेकपालाई एकता जोगाउन भन्दै लागी परेका नेता वामदेव गौतमले पार्टी अध्यक्ष प्रचण्डसगँ छलफल गरेका छन् ।
खुुमलटार स्थित प्रचण्डको निवासमा भएको छलफलमा गौतमले पार्टी एकता बचाउने गरी लाग्न आग्रह गरेका थिए । उनले पार्टी एकताको नेतृत्व गर्ने अवसर नगुमाउन आग्रह गरेका थिए ।
तर प्रचण्डले तत्काल ओलीसगँ सहकार्य हुन नसक्ने जवाफ दिएका थिए । अहिले सम्म गरेका गल्तीप्रति आत्मालोचना गर्दै पदबाट राजीनामा दिएमा संवाद गर्न सकिने बताएका थिए ।
संसद विघटन पछि प्रचण्ड माधव समुह अलग्गिएर आन्दोलनमा लागेको थियो भने ओली निर्वाचनको तयारीमा लागेका थिए ।
सर्वोच्चले संसद पुनस्थापित गरिदिए पछि गौतमले पुनः पार्टी एकताको लागि दबाब बढाउन थालेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline