कांग्रेस पदाधिकारी बैठक बस्दै, सरकार गठनका विषयमा छलफल हुने

कांग्रेस पदाधिकारी बैठक बस्दै, सरकार गठनका विषयमा छलफल हुने

  • बिहिबार, फाल्गुन १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

१३ फाल्गुन, काठमाडौं । प्रतिनिधिसभा पुर्नस्थापना भएसँगै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । नेकपाका दुवै समूहले सरकार गठनमा सहकार्य खोजेसँगै कांग्रेस आन्तरिक छलफलमा जुटेको हो ।
दिउँसो तीन बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने बैठकमा सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेसँगै उत्पन्न परिस्थितिका बारेमा छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलेल जानकारी दिनुभयो ।

यस्तै विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपाको प्रस्तावलगायत विषयमा छलफल हुने पौडेलले जानकारी दिनुभयो ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेसँगै नयाँ सरकार गठनको बहस सुरु भएको छ ।

यसमा कांग्रेस निर्णायक देखिएको छ । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।बुधवार प्रचण्ड नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले देउवालाई भेटेर सरकार गठनका विषयमा छलफल गरेका थिए । देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि पार्टीभित्र आन्तररिक छलफल गरेर मात्रै जवाफ दिने देउवाले बताउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ