संसद पुनस्थापना हुँदा प्रचण्ड र माधव नेपालले लड्डु खाएछन्, लड्डु खादैमा उनीहरुले केही पाउदैनन्ः प्रधानमन्त्री

संसद पुनस्थापना हुँदा प्रचण्ड र माधव नेपालले लड्डु खाएछन्, लड्डु खादैमा उनीहरुले केही पाउदैनन्ः प्रधानमन्त्री

  • बुधबार, फाल्गुन १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

फागुण १२ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद पुनस्थापना गरे पछि पनि आफूले रफ्तारमै काम गरीरहेको बताएका छन् ।
उनले सर्वोच्चको फैसलालाई लिएर नेकपाका प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले चितवनमा लड्डु खाँदै आपसमा खुसीयाली मनाएको प्रति व्यङ्ग्य गरे । प्रचण्ड र नेपाललाई ‘भाइहरु’को संज्ञा दिँदै ओलीले लड्डु खाँदैमा उनीहरुले केही नपाउने बताए ।

‘मेरा केही भाइहरूले लड्डु खुवाइखुवाइ गर्या रैछन् । लड्डु खाएछन् जित्यौँ हामीले भनेर । के जित्यौ भन्ने चाहिँ थाहा छैन’ व्यंग्य मिश्रित कटाक्ष गर्दै ओलीले भने, ‘उनीहरुलाई लड्डु खाएर के पाउँछौँ भन्ने थाहा छैन ।

उनले सर्वोच्चको फैसलापछि पनि आफ्नो देश विकासको संकल्पमा केही फरक नभएको र त्यस्तो हुन आवश्यक समेत नरहेको बताए ।

‘मान्छे कतिबेला मर्न सक्छ, ब्रेन ह्यामरेज भएर मर्न सक्छ, गाडी ठोक्किएर मर्न सक्छ । जिन्दगी कुनै ठेगान छैन । अहिलेसम्म बाँचिन्छ त्यतिबेलासम्म राम्रो काम गर्ने हो’, ओलीले भने, ‘मरेपछि न मान्छे बेइमान हुन सक्छ न इमान्दार । मरेपछि केही अर्थ छैन । बाँचुन्जेल इमान्दार हुने हो ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ