प्रधानमन्त्री ओली दलहरुसगँ परामर्श पछि राजीनामा दिने तयारीमा ?

प्रधानमन्त्री ओली दलहरुसगँ परामर्श पछि राजीनामा दिने तयारीमा ?

  • बुधबार, फाल्गुन १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

फागुण १२ काठमाण्डौं । आफूले संसद विघटन गरी निर्वाचन घोषणा गरेको कदम असफल भए पछि प्रधानमन्त्री ओली अब बाँकी कुनै कदम नचाली राजीनामा दिने मनशायमा पुगेको बुझिएको छ । विभिन्न कदमबारे आन्तरीक परामर्श गरे पनि चौतर्फी राजीनामाका लागि माग भईरहेको छ ।
आज वालुवाटारमा आफ्नो समुहको स्थायी समितिको बैठकमा प्रधानमन्त्रीले त्यस्तो संकेत गरेको दाबी गरिएको छ । यद्यपि, अहिले सम्म कुनै निर्णय भने भएको छैन । बैठक पछि प्रवक्ता प्रदीप ज्ञवालीले दलहरुसगँ परामर्श गरे पछि प्रधानमन्त्री ओलीले आफ्नो निर्णय गर्ने बताएका छन् ।
जे गर्दा मुलुकलाई उपयुक्त हुन्छ प्रधानमन्त्रीले त्यो गर्नु हुन्छ, ज्ञवालीले भने । यसै गरी ओली समुहले केन्द्रीय समिति र संसदीय दलको बैठक समेत बोलाउने निर्णय गरेको छ ।
यसै गरी सर्वोच्चको फैसला मानेर जाने पनि सो समुहको स्थायी समितिको बैठकले निर्णय गरेको छ ।

सौ सरकारले तोकेकै समयमा संसदको बैठक बोलाउने पनि निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ