प्रचण्ड- माधव समूहले बोलायो संसदीय दलको बैठक

प्रचण्ड- माधव समूहले बोलायो संसदीय दलको बैठक

  • बुधबार, फाल्गुन १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

१२ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड- माधव समूहले बुधबार संसदीय दलको बैठक बोलाएको छ। अपरान्ह ४ बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाईएको नेता देव गुरुङले जानकारी दिए । मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै उक्त समूहले बैठक बोलाएको हो ।
बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई बोलाइएको छ। गुरुङका अनुसार आज सबैको सुझाव संकलन गरिने र अगाडि कसरी बढ्ने भन्ने बिषयमा छलफल हुनेछ । प्रतिनिधिसभामा नेकपाका दुवैपक्ष गरी सभामुखबाहेक १७३ सांसद थिए। राष्ट्रियसभामा ५० जना छन्।

पुष ८ गते बानेश्वरस्थित संसद् भवनमा बुधबार बसेको उक्त समूहको दलको बैठकले दल नेताबाट प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई हटाई पुष्पकमल दाहाललाई बनाउने निर्णय गरेको थियो। यो पक्षले पार्टी अध्यक्षबाट ओलीलाई हटाउँदै नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

प्रधानमन्त्री ओलीले राजीनामा नदिए संसद् अधिवेशन सुरु भएसँगै अविश्वास प्रस्तावमार्फत अगाडि बढ्ने संकेत प्रचण्ड माधव समूहको छ ।

प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटनको प्रस्ताव ल्याएपछि नेकपा विभाजन भएको थियो। निर्वाचन आयोगले नेकपा विभाजनलाई वैधानिकता दिएको छैन। आयोगमा यो विषय अझै कानुनी लडाइँमा छ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व माधव(प्रचण्डले गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ