संसद पुनस्थापना पछि लड्डु खाएका प्रचण्ड माधवले आज देशभर बिजय जुलुश निकाल्ने तयारी

संसद पुनस्थापना पछि लड्डु खाएका प्रचण्ड माधवले आज देशभर बिजय जुलुश निकाल्ने तयारी

  • बुधबार, फाल्गुन १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.5K
    SHARES

फागुण १२ काठमाण्डौं । संसद विघटन पछि मुख्य आन्दोलनकारी शक्तिको रुपमा देखा परेको प्रचण्ड र माधव कुमार नेपालले संसद पुनस्थापनाको खबर आउनासाथ एक अर्कालाई लड्डु मुखमा हालिदिएर खुसी साटासाट गरेका थिए । उनका कार्यकर्ताहरुले दिप प्रज्वलन गरे । आज उनीहरुले देशभर बिजय जुलुश निकाल्ने भएका छन ।

सर्वोच्चले संसद पुनस्थापना गरिदिएन भने थप आन्दोलनको झन्झटमा थिए उनीहरु तर पुनस्थापित गरिदिए पछि औधी खुसी भएको देखिएका छन् । यसलाई देखाउन उनीहरुले आज बिहान ११ बजे राजधानीको शान्ति बाटिका सहित देशभर बिजय जुलुश निकाल्ने तयारी गरेका हुन् ।
संसद विघटनको बिरुद्धमा आज चितवनमा हुने आमसभालाई संवोधन गर्न भनी त्याहाँ पुगेका प्रचण्ड र माधवल कुमार नेपाल पनि काठमाण्डौ आएर शान्तिबाटिकामा १२ बजे हुने जुलुशमा उपस्थित हुन सक्ने नेताहरुले बताएका छन् । देशका अन्य भागमा बिहानै जुलुश निकाल्ने तयारी भएको सो सो समुहले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ