संसद पुनः स्थापनाको खुसीयालीमा पर्सा र बारामा दिप प्रज्जवलन

संसद पुनः स्थापनाको खुसीयालीमा पर्सा र बारामा दिप प्रज्जवलन

  • मङ्लबार, फाल्गुन ११, २०७७
  • -दिपक चौरसिया

  • 11.3K
    SHARES

पर्सा ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वाेच्च अदालतले गरेको संसद पुर्नस्थानको निर्णयको खुशियालीमा वीरगंजमा दीप प्रज्वलन गरिएको छ ।
नेकपा प्रचण्ड–माधव समुह निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू पर्साको आयोजनामा मंगलबार सांझ वीरगंजको घण्टाघरमा दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलनमा सहभागि नेकपाका नेताहरुले सर्वाेच्च अदालतको निर्णय एतिहासिक भएको वताउदै संविधानको रक्षा भएको वताएका छन् ।
सो अवसरमा वोल्ने वक्ताहरुले सर्वाेच्चको संसद पुर्नस्थापनाको निर्णयले संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा हुनुको साथै जनताको जित भएको वताएका हुन् ।
अनेरास्ववियूका केन्द्रिय सदस्य जुबेर आलमको अध्यक्षतमा भएको दीप प्रज्वलन कार्यक्रममा प्रदेश किमिटी सदस्य छोटेलाल यादव, रामदरश कुशवाहा, रामबाबु बैठा, जिल्ला सदस्य प्रभाकर गुप्ता, समिर आलम टुनटुन तिवारी, सुरेन्द्र गुप्ता, युवा संघका केन्द्रिय सदस्य अरुण यादव, अनेरास्ववियूका केन्द्रिय सदस्य शिवम साह, युवा संघका वीरगंज महानगर अध्यक्ष उमेश ठाकुर लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन युवा संघका नगर इन्चार्ज पिन्टु रौनियारले गरेका थिए ।
त्यसैगरी बारा जिल्लाको कलैया उपमहानगरपालिकाको भरत चौकमा नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समुहले मैनबती बालेर सर्वोच्चको निर्णयको स्वागत गरेको छ ।
कलैया उपमहानगरपालिकाका नेकपा अध्यक्ष जवाहिर अंसारीको अध्यक्षतामा संसद पुनःस्थापना गर्न सर्वोच्चले गरेको फैसलालाइ स्वागत गर्दै मैनबती बालेको जनाईएको छ । सो अवसरमा जिल्ला कमिटी सदस्य मुकेश साह, महम्मद समिउल्लाह, रमेश साह, धुर्ब यादव, बिक्रम ठाकुर, आबिद हुसैंन अंसारी, अगुवा कार्यकर्ता बैधनाथ साह, अरुण खनाल, नरेश मोदक, बिनोद गुप्ता,अ जित कर्ण, बिद्यार्थी नेता इमरान आलम, संदिप यादव, राज खान लगाएतका उपस्थिति रहेको थियो ।
त्यसैगरि बाराको जितपुर सिमरा उपमहानगरपालिकामा क्षेत्र बहदुर श्रेष्ठ, प्रसौनी गाउँपालिकामा सरोज साह, देवताल गाउँपालिकामा राजकुमार सहनीको नेतृत्वमा संसद पुनःस्थापनको मैनबती बालेर स्वागत गरिएको नेकपा बाराले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ