प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाएर खुशीयाली मनाए, तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह

प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाएर खुशीयाली मनाए, तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह

  • मङ्लबार, फाल्गुन ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि पचण्ड नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका नेताहरुले खुसी मनाएका छन् । चितवनमा रहेका प्रचण्ड र नेपाल लगायतका नेताहरुले खुसी मनाएका छन् ।

अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् । त्यसक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

उनीहरुले संसद पुनर्स्थापनासँगै जनताको जित भएको बताएको छ ।अध्यक्षद्धय नेपाल र प्रचण्डले संवैधानिक इललासले ऐतिहासिक र साहसिक फैसला गरेको बताएका हुन् ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताए । उनले संविधानको रक्षाका लागि आन्दोलनमा उत्रिने सबैलाई धन्यवाद दिए ।
यस्तै अर्का अध्यक्ष नेपालले प्रधानन्यायाधीश, संवैधानिक बेञ्चका चारै न्यायाधीशले संविधान लिकमा ल्याएको बताए । उनले भने, ‘निरंकुशतालाई चोटिलो जवाफ दिनुभयो । साहसिक कदम चाल्नु भएकोमा हाम्रो पार्टी आभार व्यक्त गर्छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ