प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चबाट अब दुई तिन दिन भित्रै संसद विघटन सम्बन्धि मुद्धामा फैसला सुनाउन लागेको भन्दै फैसला जे आए पनि त्यसले आफूहरुलाई कुनै छट्पटि नहुने बताएका छन् ।
तर संसद पुनस्थापना भएमा नयाँ तमासा शुरु हुने उनको प्रधानमन्त्रीले जिकिर गरे ।
कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद पुनस्स्थापना भयो भने प्रधानमन्त्री खोज्ने, समीकरणमा अनेक खेल हुने र सांसद किनबेच हुने बताए।
उनले संसद पुनस्थापना भए पनि वा नभए पनि आफूहरुको ध्यान देश बनाउने भएकाले कुनै फरक नपर्ने दाबी गरे ।
आफूले अदालतलाई धम्की नदिएको भन्दै विराटनगरमा संसद पुनस्थापना भए आन्दोलन गर्छौ भनेको नारा जुलुश, ढुंगामुडा गर्छु भनेको नभई अभियान चलाउछौँ भनेकोलाई दुष्प्रचार गरिएको प्रधानमन्त्रीले दाबी गरे ।
अब महाकालीदेखि मेचीसम्म रेल कुद्छ, त्यसका लागि काम भइरहेको छ।’ आफू कर्मी माहुरी भएको बताउँदै प्रधानमन्त्री ओलीले प्रचण्ड माधवतिर इंगित गर्दै भने,‘कर्मी मौरीले मह खोजेर ल्याउँछ, तर डायना मौरी बसीबसी खान्छ।’ दुई वर्षको अवधिमै देशमा विकास निर्माणले कोल्टे फेरेको बताउँदै उनले भने,‘अहिले बिजुली नबलेको गाउँनै छैन, यदि विजुली नपुग्न सक्ने दुर्गम गाउँमा हावाबाट बिजुली, सौर्य विद्युतबाट पनि जनतालाई उज्यालो दिएका छौँ।’