बीरगञ्जमा पनि मिटरब्याजीको बिगबिगी, मित्रुले मिटर ब्याजको नाममा करोडको ठगी गरेको खुलासा !

बीरगञ्जमा पनि मिटरब्याजीको बिगबिगी, मित्रुले मिटर ब्याजको नाममा करोडको ठगी गरेको खुलासा !

  • सोमवार, फाल्गुन १०, २०७७
  • -दिपक चौरसिया

  • 18.3K
    SHARES

वीरगन्ज १२ मुर्लीका एमडी सहाबुद्दीन अन्सारीले ६ वर्षअघि छोरीको बिहेका लागि आदर्शनगरका मदनमोहन मित्रुकासँग १३ लाख ६० हजार रुपैयाँ ऋण लिएका थिए ।

६ वर्षमा साढे १३ लाखको सावाँब्याज झन्डै दुई करोड रुपैयाँ हिसाब देखाएपछि अन्सारी परिवार अहिले बिखलबन्दमा परेको छ । वीरगंजमा एक पिडित परिवारले पत्रकार सम्मेलनको आयोजना गर्दै मुर्लिमनोहर दाजुभाईले मिटर व्याजी कारोबारी भएको आरोप लगाएका हुन् ।

२०७१ वैशाख २३ मा ऋण लिँदा अन्सारीले मुर्लीको आफ्नो एक कट्ठा १० धुर जग्गा मित्रुकाको नाममा दृष्टिबन्धक गरिदिएका थिए । अन्सारीका अनुसार मित्रुकासँग १३ लाख ६० हजार ऋण लिएकोमा चलनचल्तीमा त्यसको दोब्बर २६ लाख रुपैयाँको दृष्टिबन्धक लिखत पारित गरिएको थियो । ऋण चुक्ताका लागि हरहिसाब माग्दा १३ लाख ६० हजारको ब्याज नजोडी ५१ लाख रुपैयाँको जोडिएको छ । ‘त्यही मितिमा मदनका भाइ मुरलीमनोहर मित्रुकाले झुक्याएर २५ लाख रुपैयाँको छुट्टै कपाली तमसुकसमेत गराएका रहेछन् पूर्वप्रहरी निरीक्षकसमेत रहेका अन्सारीले भने मुरलीमनोहरसँग त एक रुपैयाँ पनि मैले लिएको थिइनँ । एउटै कर्जाबापतको दुइटा कागज गराएका हुन् ।

उनले सोही कपाली तमसुकको आधारमा मुर्लिमनोहर मतृका दाजुभाईले मलाई प्रतिवादी बनाई लेनदेन मुद्दा दायर समेत गरेको बताए । मुर्लिमनोहर र उनका भाई मदनमनोहर मतृकाले पर्सा जिल्ला अदातलमा लेनदेन मुद्दा दायर गरेपछि दुबै दाजुभाईले झुक्याएर छुट्टा–छुट्टै कागज गराएको आफूलाई थाहा भएको उनको भनाई छ ।

दुबै कागजको दाबी रकम अनुसार आफ्नो घर, जग्गा लगायतको सम्पूर्ण सम्पति विक्रि गर्दा पनि तिर्न नसक्ने अवस्था सृजना भएपछि आफूले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएको बताए । उजुरीको आधारमा निज दुबै जना दाजुभाईलाई झिकाउँदा प्रमुख जिल्ला अधिकारी समक्ष उनीहरुले रु १३ लाख ६० हजार मात्रै कर्जा दिएको स्वीकार समेत गरिसकेको सुनाए । तर निज दुबै दाजुभाईले मसंग मिटर व्याजीको हिसाब गरि करोडौं रुपैया मागिरहेको उनले बताए । मुर्लिमनोहरले मिटर व्याज असुर उपर गर्न विभिन्न व्यक्तिलाई कर्जा दिई अदालतमा दश थान चेक अनादर तथा लेनदेन मुद्दा दायर गरेको प्रमाण समेत उनले पत्रकार सम्मेलनमा देखाए ।

यस्तै निज दुबै दाजुभाईहरुले अरु थुप्रै संग पनि थोरै पैसा दिएर बढि रकमको तमसुक कपाली कागज र दृष्टिबन्धक गराई ठग्नुको साथै अरुको जग्गा, घर, धन सम्पती हत्याउँदै आएको आरोप समेत लगाए । पत्रकार सम्मेलनमै सहभागि अर्को पिडित नुरहुलक देवानले आफूलाई पनि मुर्लिमनोहरले रु २ लाख कर्जा दिए पनि रु ११ लाखको दृष्टिबन्धक गराउनुको साथै फेरी अर्को रु २ लाखको तमसुक कपाली कागज गराएको बताए ।

No description available.

No description available.

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी