ओलीको अधिनायकवादी कदमलाई आफ्नै पार्टीका सभापति देउवाले साथ दिएको पौडेलको दाबी, आन्दोलन पैसाले हैन पार्टीले गर्ने धारणा

ओलीको अधिनायकवादी कदमलाई आफ्नै पार्टीका सभापति देउवाले साथ दिएको पौडेलको दाबी, आन्दोलन पैसाले हैन पार्टीले गर्ने धारणा

  • आइतवार, फाल्गुन ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

ईटहरी फागुण ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको अधिनायकवादलाई आफ्नै पार्टी सभापति शेर बहादुर देउवाले साथ दिएको दाबी गरेका छन् ।

आज प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडलले देउवाको साथ पाएका कारण ओलीले संविधान र लोकतन्त्र धरापमा पारेको दाबी गरे ।
देउवा ओलीको साथमा हिँडे पनि काँग्रेस संविधान बचाउन हिँड्ने दाबी गर्दै संसद विघटनको पक्षमा उभिन उनले आम कार्यकर्तालाई अपील गरे ।

देउवाले सोही कारण अदालतको फैसला कुरौँ भन्दै आन्दोलन पन्छाउन खोजेको दाबी गर्दै केही दिन अघि देउवाले काँग्रेससँग जुलुश निकाल्न पैसा नभएकोप्रति पनि कटाक्ष गरे । उनले आन्दोलन पैसाले नभई पार्टीको निर्णयले गर्ने भएको जिकिर गरे ।
यसै गरी प्रदेश सभामा अविस्वासको प्रस्तावका सन्दर्भमा समेत देउवा मौन बसेको भन्दै पौडेलले आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रमबाटै अदालतलाई धम्की दिईरहेको बताए ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ